स्थानीय

सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघको अध्यक्षमा खिमराज पौडेल

रेडियो टाइम्स
`

 

कात्तिक ३, सैनामैना । 

सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघ अध्यक्षमा खिमराज पौडेल चयन हुनुभएको छ । आज भएको साधारण सभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । 

जसको वरिष्ठ उपाध्यक्षमा.नारायण सेन,उपाध्यक्षमा माया केसी,महासचिब माधब प्रसाद ज्ञवाली,सचिब कृष्ण पाण्डे सह-सचिब विष्णु सापकोटा,कोषाध्यक्षमा देवराज घिमिरे,सह— कोषाध्यक्ष लालुराम पाण्डे रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा नारायण आचार्य,चामलाल न्यौपाने,अच्यूत शर्मा पौडेल,यमलाल पन्थ,मिना राना,हिरालाल पन्थी,होम बहादुर तरामु,केशरबाबु तुलाचन,चित्रलाल तुलाचन, निमलाल जैशी,मेनुका चौधरी,सुवास केसी,सुवास भट्राई,प्रदिप पाण्डे चयन हुनुभएको हो । 

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र रहेको बताउनुभयो । पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने मेयर कार्कीले उल्लेख गनुभयो । सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघकोे साधारण सभालाई सम्बोधन गर्दै उहाँले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताउनुभयो । लुम्बिनीको काखमा अवस्थित सैनामैना अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवर्द्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह उहाँले गर्नुभयो । 

स्वदेशमै खोलिएको होटल ब्यवसायले देशको अर्थतन्त्रमा टेवा दिने नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले बताउनुभयो । सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर लगानी गर्न व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने शर्माको भनाइ छ । कोरोना संक्रमणले विश्वको अर्थतन्त्र हल्लाइरहेको बेला नेपालमा पनि त्यसको असर देखा परेको उहाँले उल्लेख गर्नुभयो । महामारीलाई सामाना गर्न तिनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसका कारणले होटल क्षेत्रमा पनि प्रभाव परेको नेपाली कांग्रेस सैनामैना नगरसभापति राम प्रसाद अधिकारीले बताउनुभएको छ । ब्यवसायीक क्षेत्रमा देखिएको दयनीय अवस्थाप्रति बर्तमान सरकार निकम्म बनेको आरोप अधिकारीले लगाउनुभयो । सरकारले कोरोना लागेको ब्यक्तिको उपचार खर्च स्वंयले नै बेहोर्नेु पर्ने निर्णय अमान्य हुने बताउनुभयो । उहाँले भन्नुभयो - सरकार जनउत्तरदायि नबन्दा महामारीको रुप थप भयावह हुन सक्छ । 

संघले होटल ब्यवसायको हकहितमा काम गर्नुपर्ने नेपाल कम्यूनिष्ट पार्टी सैनामैनाका ईन्चार्ज खुशीराम चौधरीले बताउनुभएको छ । आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन होटल ब्यवसायले स्तरीय सेवा दिनुपर्ने चौधरीले बताउनुभयो । 

कार्यक्रममा सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रि,संघका वरिष्ठ सल्लाहाकार ढुण्डीराज न्यौपाने लगायतले बोल्नुभएको थियो भने संघका अध्यक्ष नारायण खरेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सैनामैना १ स्थित क्रिमुर्ति पार्टी प्यालेसमा भएको कार्यक्रमको सञ्चालन भने संघका महासचिब नारायण सेनले गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १९:१४:००
प्रतिक्रिया दिनुहोस्