सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न कृषक पाठशाला
अन्तराष्ट्रिय
इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थाल्यो

कात्तिक ३,काठमाण्डौ - इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ ।
प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ । स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने, बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने भएको छ ।
इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो । युरोपका अरु देशहरुमा पनि सङ्क्रमण बढ्दै गएको छ ।
थप समाचार


लोकप्रीय समचार
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
- स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु
- बाग्लुङका युवाले सम्पत्ति हड्प्न पाल्पाबाट नागरिकता बनाएको खुलासा