स्थानीय

बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक पक्राउ

रेडियो टाइम्स
`

१ कात्तिक, बुटवल

सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् ।

सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७, १२:५४:००
प्रतिक्रिया दिनुहोस्