स्थानीय

कृषकहरूलाई ज्ञान र सीप सिकाउदै सैनामैना नगरपालिका

रेडियो टाइम्स
`

नरेश चौधरी, सैनामैना असोज २६ ।
सैनामैनामा कृषक पाठशाला सुरू भएको छ । कृषकहरूलाई ज्ञानसीप प्रदान गर्न तथा गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले आईतबार देखि कृषक पाठशालाको सुरूवात गरिएको नगरपालिकाले जनाएको छ ।
खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाईदा–बेफाईदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई उत्पादन मुलक कसरी बनाउने, उत्पदन गर्ने तरिका, विउविजन, मलजल प्रयोग, प्राविधिक ज्ञान–सिप लगायतका विषयमा जानकारी गराईने छ ।

सैनामैना क्षेत्रको कृषि उत्पादन बढाउन तथा किसानहरुलाई ज्ञान सिप सिकाउनका लागि यस खालको कार्यक्रम गरिएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले  बताउनु भयो । उहाँले भन्नुभयो –“ वातावरणीय सन्तुलन कायम राखी रोग, कीरा तथा झारपात ब्यवास्थपन, प्रविधिवारे निर्णय लिन सक्ने क्षमता कृषकहरुमा विकास गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिन्छ, पाठशालाले किसानहरुमा कृषिकार्य गर्न सक्ने क्षमताको विकास गर्ने छ ।” जैविक तथा प्राङ्गारीक मल प्रयोगलाई प्रथमीकता दिनु पर्ने, कीटनाशक विषधी र रासायनीक मल प्रयोग घटाउन सके स्वास्थ्यमा हुने विभिन्न समस्याहरु केही हद सम्म कम गर्न सकिने उहाँको भनाई छ । विषधी न्युनिकरणमा ध्यायन दिन उहाँले आग्रह गर्नु भयो ।

किसानहरुलाई विशेष प्राथमिकतामा राखेर अगामी दिनमा पनि प्रोत्सहन मूलक कार्यक्रमहरु गरिने सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताउनु भयो । किसानहरुलाई आत्मनिर्भर बनाउने खालका योजना सहित नगरपालिकाले काम गरिरहेको उहाँको भनाई छ । 

समय–समयमा कृषकहरुलाई तालिम, विउ–विजन, विभिन्न यान्त्र, मल लगाएतका कृषि समाग्री निःशुल्क तथा लागत सहभगितामा वितरण गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनु भयो ।

आत्मा निर्भर तथा रोजगार श्रृजना गर्ने गरि कृषि क्षेत्रको विकास गर्नु पर्ने सैनामैना वडा नं. २ का वडा अध्यक्ष कामदेव भुषालले बताउनु भयो । वडा बासि कृषकहरुको माग बमोजिम काम गरिने उहाँको भनाई छ ।

कृषक पाठशाला कार्यक्रम हाल सैनामैनाका पाँच ओटा वडाहरुमा संचालन गरिएको छ । जसमा २,६,९,१०,र ११ वडाहरु रहेका छन् । क्रमशः नगरपालिकाका अन्य सबै वडाहरुमा यस कार्यक्रम गरिने कृर्षि शाखा प्रमुख सृजना सुवेदीले बताउनु भयो । किसानहरुलाई १६ हप्ता सम्म पाठशालामा सहभागी गाराईने र उनिहरुलाई कृषि उत्पादनका विषयमा ज्ञानसिप प्रदान गरिने सुवेदीले जानकारी दिनु भयो । 

पाठशालाको नाम आई.पि.एम.कृषक पठशाला दिईएको छ । जसको अर्थ एकीकृत शत्रुजीव व्यवस्थापनको साश्वत सिद्धान्त भन्ने बुझिन्छ । पाठशालाको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले आईतबार सैनामैनाको वडा नंं. २ मा एक कार्यक्रको आयोजना गरि उद्घाटन गर्नु भयो ।


 


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७, १५:३८:००
प्रतिक्रिया दिनुहोस्