स्थानीय

रूपन्देहीमा कति काेराेना संक्रमित थपिए ?

रेडियो टाइम्स
`

पछिल्लो २४ घण्टामा रूपन्देहीमा १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार संंक्रमित हुनेमा ५५ महिला र १२४ जना पुरुष रहेका स्वास्थ्य कार्यलय रूपन्देेहीले जनाएकाे छ । याेे संगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ५९५ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकामा ६६ जना, सिद्धार्थनगर नगरपालिकामा ४९, तिलोत्तमा नगरपालिकामा १९ जना, कोटहिमाई गाउँपालिकामा १८ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ६ जना,  देवदह नगरपालिकामा ५ जना, मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।  रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ४३५ जना संक्रमित निको भएका छन भने ११२६ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा अहिले सम्म ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय काेेेेराेेना भाइरस काे महामारी  समुुदाय स्ततरमा फैलिएदै गएकाे छ । 


प्रकाशित मिति: शनिबार, असोज २४, २०७७, २२:३८:००
प्रतिक्रिया दिनुहोस्