अन्तराष्ट्रिय

जम्मु-कश्मीरमा भीडन्त : दुई भारतीय सैनिकको मृत्यु

रेडियो टाइम्स
`

असोज १९, २०७७ एजेन्सी :

भारत प्रशासित जम्मु र काश्मिरको पुलवामा जिल्लाको पामपोरमा आतंककारीहरूले हमलामा परी दुई भारतीय सैनिकको ज्यान गएको छ। 

आक्रमणमा सिआरपिएफका ५ सुरक्षाकर्मी घाइते भएका र २ जनाको उपचार क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँकी जवानको उपचार भइरहेको छ। पामपोर बाइपासमा दिउँसो करिब १ जबेजितर आक्रमण भएको थियो। 

आतंककारीहरूले सिआरपिएफ र जम्मु कश्मीरका ११० बटालियन तथा प्रहरीलक्षित गरी हमला गरेका थिए। उक्त क्षेत्रलाई नाकाबन्दी गरी  आतंककारीहरूको खोजी भइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन्। 

पुलवामा जिल्लाको अवन्तिपोराको सम्बुरा इलाकामा सेप्टेम्बर २७ मा आतंककारी र भारतीय सुरक्षा फौजबीच पनि भीडन्त भएको थियो। उक्त भीडन्तमा परी २ हमलाकारी मारिएका थिए भने एक प्रहरी घाइते भएका थिए। 
 


प्रकाशित मिति: सोमबार, असोज १९, २०७७, १९:४०:००
प्रतिक्रिया दिनुहोस्