स्थानीय

सैनामैनामा मोटरसाइकल दुर्घटना हुदा ३ जना गम्भिर घाइते

रेडियो टाइम्स
`

१८, असोज  सैनामैना
रेडियो टाइम्स
पुर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनामा आज दिउसो भएको मोटरसाइकल दुर्घटनामा परि ३ जना गम्भिर घाइते भएका छन् । सैनामैनाको वडा नं. ६ कलौनिमा पुर्वबाट पश्चिम जाँदै गरेको लु ५४ प १०१५ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्व आउदै गरेको रा ३ प ७० ९५ नम्बरको मोटर साईकल ठोक्किएर दुर्घटना भएको हो । 

घाईते हुनेमा रोल्पा जिल्ला लुम्री गाउँपालिका वडा न.२ बस्ने वर्ष २५का हिमाल गिरि,सोही ठाउँ बस्ने ३४ वर्षीय नेत्र खड्का र पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा न.४ बस्ने वर्ष २९का राजकुमार वि.क रहेका छन् । घाइते तिनै जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सालझण्डी प्रहरीले जनाएको ।

 


प्रकाशित मिति: आईतबार, असोज १८, २०७७, १७:४३:००
प्रतिक्रिया दिनुहोस्