स्थानीय

रुपन्देहीको सैनामैना र पाल्पाको रैनादेवि छहरा सिमानामा कञ्चन एग्रो रिसोर्ट संचालनमा

रेडियो टाइम्स
`

रुपन्देही, असोज १६ :
रुपन्देहीको सैनामैना र पाल्पाको रैनादेवि छहरा सिमानामा डेढ करोडको लगानीमा कञ्चन एग्रो रिसोर्ट शुक्रबार देखि सञ्चालनमा आएको छ । ९ जनाको सामुहिक लगानीमा सो रिसोर्ट संचालनमा आएको हो । रिसोर्ट रुपन्देहीको साल्झण्डी देखि उत्तर पाल्पा जिल्लाको रैनादेवि छहारा ७, बेलबास पाल्पामा रहेको छ । 

रिसोर्टको प्रदेश ५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गुर्नभएका भयो । सो अवसरमा प्रदेश न.५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले नेपालमा होटल तथा रिसोर्टका लागी उपयुक्त वातावरण भएको बताउनुभएको भयो । होटेल ब्यवासयले पर्यटकीय क्षेत्रको विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । 

स्वदेशमै उधमीशिलताको विकास गरि रोजगारीको अवसर सिर्जना गर्न युवाहरुलाई सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ । होटेल ब्यवसयले पर्यटकीय क्षेत्रको विकास संगै रोजगारीको अवसर प्राप्त हुने कुरा बताउनु भयो । 

कार्यक्रममा कञ्चन एग्रो कम्पनीका अध्यक्ष सागर खरेलको अध्यक्षता रहेको कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना, वडा न.१०का वडा अध्यक्ष लोकनारायण थापा लगायतको उपस्थिति रहेको थियो । यामलाल खरेलको स्वागत तथा सचिब निरज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७, १५:०३:००
प्रतिक्रिया दिनुहोस्