स्थानीय

रुपन्देहीको सैनामैना जेसीजमा लाग्यो ताला

रेडियो टाइम्स
`

असोज १२, सैनामैना

रुपन्देहीमा रहेको सैनामैना जेसीजमा आज ताला लागाईएको छ । सदस्यता शुल्क लिएर पनि सदस्यता नबिकरण नगरेको जनाउदै प्रेश बिज्ञप्ती जारी गर्दैै एक पक्षद्वारा सैनामैना ३ झारबैरामा रहेको जेसीज कार्यालयमा ताला लगाईएको छ ।

बिज्ञप्तीमा सैनामैना जेसीज को बोर्ड बैठकले सदस्यता नबिकरण गर्ने सुचना जारी गरे अनुसार नै शुल्क कोषाध्यक्षलाई रकम बुझाईएको तर राजनीतिक पुर्वाग्रह राखी नविकरण नगरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पबित्र उदेश्य लिएर स्थापना भएको संस्थामा राजनीतिक पुर्वाग्रह राखी नविकरण नगरिनु जेसी आस्था बिपरीत कार्य भएकोले यस्तो कार्यको गम्भीर आपति जनाउदै घोर भत्र्सना गर्दछौ बिज्ञप्तीमा भनिएको छ

सैनामैना जेसीजमा समय समयमा बिवाद उत्पन्न हुदै आएको छ । चौथो साधारण सभा तथा अधिबेशनको नेतृत्वको बिषयमा कुरा नमिल्दा बिवाद चुलिएको थियो ।                यता सैनामैना जेसीजका अध्यक्ष सीता क्षेत्रीले भने हाल सम्म नवीकरण सदस्यता शुल्क नै प्राप्त नभएको बताउनुभयो । 


प्रकाशित मिति: सोमबार, असोज १२, २०७७, १४:३७:००
प्रतिक्रिया दिनुहोस्