स्थानीय

सैनामैनामा कोरोना संक्रमित निको हुनेको संख्या उच्च, शुक्रबार ११ जनाले कोरोना जितेर घर फर्के

नरेश चौधरी
`

सैनामैना, असोज ०२।  
रुपन्देहीको सैनामैनामा कोरोना संक्रमित निको हुनेको संख्या उच्च रहेको छ । अहिले सम्म नगरपालिका भित्र ७३ जनाले कोरोना जितेर घर फर्की सकेका सैनामैना नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

कुल ९३ जना संक्रमित मध्य ७३ जना अहिले सम्म डिस्चर्ज भैसेका छन् । जस मध्य शुक्रबार ११ जना निको भएर घर फर्केका छन्  । सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार नगरपालिका भित्रका ६ पुरुष र ५ जना महिला डिस्चार्ज भएर घर फर्केका हुन् । 

सैनामैनामा कोरोना संक्रमित १२ जना सैनामैना १ स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा, होम आईसोलेशनमा २ जना र ५ जना रुपन्देहीका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत रहेका छन्  । 
अहिले सम्म भारत तथा तेस्रो मुलुकबाट फर्केका ४४ जना क्वारेन्टाईनमा बसेका छन् र उनिहरुकोे रिपोर्ट आउन बाकिं रहेको स्वास्थ्य शाखा प्रमुख पन्थीले बताउनु भयो । 

यस्तै सैनामैनामा अहिले सम्म  एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तै कोरोना जितेकाहरुलाई शुक्रबार एक कार्यक्रमका विच विदाई गरिएको छ । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले कोरोना जितेकाहरुलाई स्वास्थ्य लाभको कामना सहित विदाई गर्नु भएको हो । 

सैनामैना नगरपालिकामा कोरोना संक्रमितको उपचार तथा क्वारेन्टाईन बसेकाहरुलाई कुनै समस्या नहुने गरि ब्यवास्थपन मिलाईएको नगर प्रमुख कार्कीले बताउनु भयो । कुनै गुनासो आए त्यस समस्याको समधान तुरुन्त गरिने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो । 
 


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७, ११:१३:००
प्रतिक्रिया दिनुहोस्