सियारीमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु
स्थानीय
सैनामैनामा गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा

३१, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले नगरमा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताउनुभयो ।
बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरिएको रानाको भनाइ छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाहरुले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाको अनुरोध छ ।
बीमाका लागि नागरिकता आवश्यक पर्दछ । नागरिकता नभएको खण्डमा वडाको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्ष हुनेछ ।
थप समाचार

लोकप्रीय समचार
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- सियारीमा कोभिड-१९ विरुद्धको खोप अभियान फागुन २३ गते देखि
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया