स्थानीय

रुपन्देहीको सैनामैनामा कोरोना संक्रमित निको हुनेको संख्य ५४ पुग्यो, शनिबार ७ जना डिस्चार्ज

नरेश चौधरी
`

सैनामैना, भदौ २७।  
रुपन्देहीको सैनामैनामा कोरोना संक्रमित निको हुनेको संख्य अहिले सम्म ५४ पुगेको छ । कुल  ८६ जना कोरोना संक्रमित मध्य निको हुनेको संख्य ५४ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

जस मध्य शनिबार ७ जना निको भएर भएर घर फर्केका छन्  । सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार वडा नं.२,३,४,९ र बुटवल तामनगरका संक्रमितहरु शनिबार डिस्चार्ज भएर घर फर्केका हुन् । कोरोना संक्रमित १९ जना सैनामैनामा १ स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा र १२ जना रुपन्देहीका विभिन्न आइसोलेशनमा उपचाररत रहेका छन्  । कोरेन्टाईन बसेका ६० जनाको रिपोर्ट आउन बाकिं रहेको छ ।

यस्तै कोरोना संक्रमित मध्य सैनामैनामा अहिले सम्म  एक जनाको मृत्यु भएको छ । 


प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७, १३:३९:००
प्रतिक्रिया दिनुहोस्