स्थानीय

रुपन्देहीको सैनामैनामा थप ९ जनामा कोरोना संक्रमण, लकडाउन खुकुलो

रेडियो टाइम्स
`

सैनामैना भदौं २० ।

रुपन्देहीको सैनामैनामा शनिबार थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा सैनामैना वडा नं १ का १ जना , वडा नं २ का १ जना , वडा नं. ४का ४ जना, वडा नंं ६ का १ जना र वडा नं. ८ मा २ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिकामा अहिले सम्म कोरोना संक्रमित ७० जना पुगेका छन् । जसमा ३९ जना निको भएका छन् भने ३१ जना आईसोलेसनमा उपचाररत रहेका स्वास्थ्य शाखा प्रमुख पन्थीले बताउनु भयो । 

यस्तै रुपन्देहीको सैनामैनामा लकडाउनको स्वारुप परिर्वतन गरिएको छ । जारि लकडाउन आइतबार देखि खुकुलो बनाईने नगरपालिकाले जनाउको छ ।  नगरपालिकामा कोरोना भाइरस सामुदाय स्तरमा बढ्दै गएपछि लकडाउन लम्बाउने निर्णय गरिएको भए पनि पछिल्लो समय नगरपालिकाले सैनामैनामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

दैनिक उपभोग्यवस्तु  व्यवसाय तथा सेवा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।  दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्। व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ।

यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ। बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय,  संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन्। उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनिनपाउने भनेको छ।

यस्तै जिल्ला प्रशासन कार्यलाय रुपन्देहीले विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ।जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइनेछैन। तर मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन्।

यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन्।यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहनेछ।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७, १७:४९:००
प्रतिक्रिया दिनुहोस्