राष्ट्रिय

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १५ जनाले ज्यान गुमाए

रेडियो टाइम्स
`

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण  भएको हो । यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ ।

अब नेपालमा १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएकै बेला ज्यान गुमाउनेको संख्या पनि बढेको छ। पछिल्लो २४ घण्टामा देशभर ११ पुरुष र १४ जना महिलाले ज्यान गुमाएका छन्।   यससँगै पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट ज्यान गएको छ। 
 


प्रकाशित मिति: आईतबार, भदौ १४, २०७७, १७:२३:००
प्रतिक्रिया दिनुहोस्