बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
सैनामैनामा थप ७ जनामा कोरोना पुष्टि, समुदायस्तरमा संक्रमण देखिएपछि भदौ २० गतेसम्म कडा लकडाउन

भदौ १४, सैनामैना ।
रुपन्देहीको सैनामैनामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको छ । आईतबार थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित मध्ये १ जना क्वारेन्टाईनमा बस्दै आएका हुन भने अरु सबै समुदायस्तरबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको सैनामैना नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।
नगरपालिकाले समुदाय स्तरमा गरेको कोरोना परिक्षणका क्रममा ६ जना संक्रमित भेटिएको उँहाले जानकारी दिनुभयो । सैनामैना नगरपालिका वडा नंं. २ मा १ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४मा ३ जना, वडा नं. ६ मा १ जना, वडा नं. ९ मा १ जनामा कोरोना संक्रमण देखिएको उँहाले बताउँनुभयो ।
नगरपालिकाले समुदायमा स्वाव संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवामा परिक्षणको लागि पठाएको थियो । यो सँगै अहिले सम्म सैनामैनामा ५४ जना कोरोना संक्रमित पुगेका छन् । अहिलेसम्म ४४ जना निको भएर घर फर्किएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यस्तै समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले भदौ २० गतेसम्म कडा लकडाउन गर्ने निर्णय समेत गरेको छ । लकडाउन भदौ २० गते राति १२ बजे सम्म अझ कडाईका साथ गरिने भएको छ ।
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया