बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
रुपन्देहीमा विजुलीको तारबाट माछा मार्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

सैनामैना, भदौ १३।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ९ स्थित बनरहवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रवार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भीमवहादुर नेपाली रहेको सैनामैना वडा नं. ९ का वार्ड अध्यक्ष डोलराज भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार मृतक नेपालीले विजुलीको तारबाट सिधै करेन्ट लगाएर खोलामा माछा मार्न लाग्दा उनैलाई करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि उनलाई लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएकोमा उनको त्यही मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सहित ९ जना माछा मार्नको लागि खोलामा गएका थिए । प्रहरीले माछा मार्न गएका ८ जनालाई निण्न्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
पछिल्लोसमय खोलामा करेन्ट लगाएर माछा मार्नेक्रम बढ्दै गएको छ जसका कारण मानवीय क्षति समेत बढेको छ ।
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया