बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
जीवन शैली
यी भिटामिन : जसले कारोनाबाट जोगाउन सक्छन्

भिटामिनहरुले रोग प्रतिरोधात्मक क्षमता संरक्षकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । अझ विशेष गरी बच्चाहरुमा तीन प्रकारका भिटामिट एकदमै महत्वपूर्ण मानिन्छन्।
पछिल्लो समय नोवेल कोरोना भाइरससँग लड्नका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्ने डाक्टरहरुले बताएका छन् । यसका लागि भिटामिन ए, सी र डी प्रयाप्त मात्रामा खानु पर्छ।
भिटामिन ‘ए’
भिटामिन ‘ए’ को सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ। पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइने खाना माछा, चिज, दूध, अण्डा, गाँजर, सखरखण्ड, ब्रोकाउली जस्ता खाने कुराहरु खानु पर्छ ।
भिटामिन ‘सी’
भिटामिन ‘सी’ मा सबै भन्दा धेरै एन्टिटक्सीड पाइने भएका कारण यसले शरीरका सम्पूर्ण टक्सीडहरुलाई हटाउने काम गर्दछ। जसका कारण प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ।
यसका लागि स्टबेरी, भुईँकटहर, ब्रोकाउली, आँप, किवी, मेवा, अम्बा जस्ता फलफुल पर्याप्त मात्रामा भिटामीन सी पाइने फलफुलको सेवन गर्नु पर्दछ।
भिटामिन ‘डी’
विभिन्न रिसर्चका अनुसार करिब ५० प्रतिशत मानिसहरुमा भिटामिन ‘डी’ को कमी छ। यसका बाबजुत पनि भिटामिन ‘डी’ ले प्रतिरोधात्मक क्षमता बढाउन फाइदा पुराइरहेको हुन्छ। यस्तैगरी भिटामिन डी सूर्यबाट पाउनुका साथै अण्डा, माछा, च्याउमा पनि पाउन सकिन्छ।
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु