स्थानीय

सैनामैनाको सोरौलीमा सरसफाई

रेडियो टाइम्स
`

सैनामैना, कार्तिक ८ । 
सैनामैना-२ सोरौलीमा टोल सरसफाई गरिएको छ । सोरौली टोल विकास संस्थाको आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको हो । दशैंको अवसरमा  बाटो, नाली तथा टोल सफा गरिएको सोरौली टोल विकास संस्थाका उपाध्यक्ष लक्ष्मण श्रेष्ठले बताउनु भयो । 

सोरौली टोल बिकास संस्था अन्तर्गत पर्ने सम्पुर्ण  ठाउँ मा सरसफाई गरिएको संस्थाका सचिव शेखर थापाले जानकारी दिनु भयो । सरसफाई कार्यलाई अगामी दिनमा पनि निरन्तरता दिईने उहाँको भनाई छ । सरसफाई कार्यमा ४५ जनाको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७, १८:२१:००
प्रतिक्रिया दिनुहोस्