स्थानीय

मलमला क्षेत्रको लुम्विनी संग जोडेर विकास

रेडियो टाइम्स
`

सैनामैना, कार्तिक ०५ ।
रुपन्देहीको सैनामैना–६ स्थित मलमला मन्दिरको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । प्राचीनकाल देखि थारु समुदायको ईतिहास बोकेको सो मन्दिरको अहिले लुम्विनी संग जोडेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको हो । 
मन्दिरमा अहिले लिफ्टिङ मार्फत खाने पानी पुर्याईएको छ । सो खानेपानीको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बुधबार उद्घटन गर्नु भयो । 
मलमला क्षेत्रको लुम्विनी संग जोडेर धार्मीक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने सैनामैना नगर प्रमुख कार्कीले बताउनु भयो । संघिय, प्रदेश र स्थानिय सरकारको सहकार्यमा यस क्षेत्रको विकास गरिने उहाँको भनाई छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्दिरको डिपिआर तयार भएको तथा विभिन्न चरणमा विकास निर्माणका काम भैरहेको उहाँले बताउनु भयो । 
मन्दिर सम्म पुग्नका लागि विभिन्न चरणमा सिंढि निर्माण कार्य जारि छ, बाटो बनाउने तथा अन्य कार्यहरु भैरहेको छ, भक्तजनहरुका लागि खानेपानी लिफ्टिङ मार्फत पुर्याईएको छ । मन्दिर परिसरमा फ्री वाईफाईको ब्यवास्था गरिएको छ । 
थारु समुदायको इतिहास बोकेको यस मन्दिरको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके स्थानीयहरुको आय–आर्जनमा वृद्धि गर्न सकिने नेपाल कम्युनिष्ट पार्टीका सैनामैना इन्चार्ज खुसिराम चौधरीले बताउनु भयो । 
सबैको सहकार्यमा मलमला क्षेत्रको विकास गर्नु पर्ने नेकपा सैनामैनाका संयोजक चेतनाराण न्यौपानेले बताउनु भयो । 
सैनामैनामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको समग्र विकास गर्नु पर्ने वडा नं. ६ का वडा अध्यक्ष वसन्त पाण्डेले बताउनु भयो । उहाँले भन्नु भयो–“लुम्विनी आएका पर्यटकलाई एक वा दुई दिन सम्म भए पनि सैनामैनामा बस्न सक्ने खालको यस क्षेत्रको विकास गर्नु पर्छ, हामीले अहिले यस क्षेत्रको प्रवद्र्धनका लागि फ्री वाई फाईको ब्यवास्था गरेका छौं ।”
कार्यक्रममा मलमला सामुदायिक विकास कार्यक्रमका अध्यक्ष गुणाखर भट्टराई, नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य रणबहादुर खनाल, नेपाली कांग्रेस सैनामैना नगर सल्लाहकार कृष्ण प्रसाद पोख्रेल, नेकपा क्रन्तीकारी माओवादिका एकदेव पौडेल, राष्ट्रिय जनमोर्चाका  लालबहादुर क्षेत्री,  मलमला सामुदायिक विकास कार्यक्रमका पदम प्रसाद पाण्डे लगाएतले मलमला क्षेत्रको विकासका विषयमा आ–आफ्नो भनाई राखेका थिए । 
थारु समुदायले मलमला मन्दिरमा प्राचिनकाल देखि नै पुजा गर्ने गरेका थिए । यस मन्दिरको अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास भैरहेको छ । मन्दिर राजमार्ग देखि करिव ७ किमी चुरे पहाडको काखमा अवस्थित छ । 


प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७, १९:२४:००
प्रतिक्रिया दिनुहोस्