राष्ट्रिय

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो ,दुई हजार तीन सय ३५ जना डिस्चार्ज

रेडियो टाइम्स
`

कात्तिक ३, २०७७ सोमबार 
 नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ ।  

अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १६:४५:००
प्रतिक्रिया दिनुहोस्