राष्ट्रिय

संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता

रेडियो टाइम्स
`


२०७७ कार्तिक ३ गते

संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् ।

त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १४:१०:००
प्रतिक्रिया दिनुहोस्