राष्ट्रिय

गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा काेराेना संक्रमण

रेडियो टाइम्स
`

गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । आजमात्र गण्डकीमा थप ५६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवलपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७, १२:०६:००
प्रतिक्रिया दिनुहोस्